
– नरी बडु
बैतडी, १४ असोज । भारतीय हस्तक्षेपविरुद्ध बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ ।
आघोषित रुपमा नाकाबन्दीको रोल खेलिरहेका मोदीको बिरोधमा बैतडीमा बुधबार बेलुकी मोदीको पुत्ला दहन गरीएको हो । ९१ प्रतिशत संसदद्वारा बाहुमतले पारित भएको नेपालको नयाँ संविधान २०७२ घोषणा भएदेखि नौटंकी रुपमा नाकाबन्दीको रोल खेलिरहेको भारतीय हस्तक्षेपको बिरोधस्वरुप बैतडीमा भारतविरुद्ध प्रदर्शन सहित पुत्ला दहन गरीएको हो ।
बैतडीका विभिन्न विद्यार्थी संगठनहरुद्वारा भारत विरुद्ध नाराबाजिसहित बिरोध गरिएको नेपाल विद्यार्थी संघका जिल्ला सचिव सुरेन्द्र प्रसाद भट्टले बताए । आफू स्वाभिमानि नेपाली भएको र भारतको हस्तक्षेप कुनैपनि हातलमा सहन नसक्ने भन्दै बैतडीका नेपाल विद्यार्थी संघ, अनेरास्ववियो लगायत विभिन्न विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन् ।
नेपाल र भारतका धेरैजसो नाकाहरुमा भारतले अघोषित रुपमा नाकाबन्दी गरेकाले आफूहरुले पनि बैतडीको जुलाघाट नाका बन्द गर्ने चेतावनी विद्यार्थी संगठनहरुले दिएका छन् ।

















प्रतिक्रिया