३० आश्विन २०८३, शुक्रबार

सुरुङ्गा गोल्डकपः कासा-११ सेमिफाइनलमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surunga-Gold-Cupझापा, १४ कात्तिक । शुक्रबारदेखि जारी सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगितामा घरेलु टोली कनकाई खेलकुद प्रतिष्ठान, झापा (कासा ११) सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा कासा-११ ले पाहुना टोली कालेम्पुङ्ग फुटबल क्लब भारतलाई ४–० गोल अन्तरले हराउँदै सेमिफाइलमा आफ्नो स्थान पक्का गरेको हो ।

खेलको शुुरुआतदेखि नै निक्कै आक्रमक रुपमा प्रस्तुत भएको कासा–११ का तर्फबाट पहिलो हाफको ८ औं मिनेटमा जर्सी नम्बर १२ का खेलाडि विकास लिम्बूले पहिलो गोल गरेका थिए । त्यस्तै, १९ औं मिनेटमा जर्सी नम्बर ८ का खेलाडी अभिषेक राईले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । त्यस्तै, खेलको दोस्रो हाफको ९ औं मिनेटमा जर्सी नम्बर ११ का खेलाडी सुनिल विष्टले गोल गर्दै ३-० को गोल अन्तर बनाए । यस्तै, दोस्रो हाफको २२ औं मिनेटमा कनकाई खेलकुद प्रतिष्ठानका जर्सी नम्बर १८ का खेलाडी सेसेहाङ्ग आङ्दाम्बेले गोल गरेका थिए ।

प्रतियोगितामा कासा-११ का जर्सी नम्बर २१ का टिम क्याप्टेन प्रशान्त मगर म्यान अफ द म्याच घोषित भए । खेलमा गोल गर्ने खेलाडीहरुलाई सुरुङ्गा जेसीजका मानार्थ सदस्य राजेन्द्र पोखरेलले २ हजारका दरले पुरस्कार दिएका थिए ।

राष्ट्रिय लिग अन्तर्गतका खेलहरु समेत भइसकेको स्थानीय कनकाई उच्च माविको खेलमैदानमा भइरहेको प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा फुटबल टिमको सहभागिता रहेको छ । आइतबार एपीएफ काठमाण्डौं र सरस्वती फुटबल क्लब काठमाडौं बीच प्रतिष्पर्धा हुने खेल संयोजक राजु पाठकले जानकारी दिए ।

प्रतिष्पर्धामा विजेता टिमलाई २ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र र उपविजेता टिमलाई १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।