आदरणीय उपेन्द्र यादवजी !
तपाइले भन्नुभएछ हामिलार्इ ८ जिल्लाको लगौटी होइन, २२ जिल्लाको घोती चाहियो ।
हुनत तपार्इ म भन्दा धेरै बौद्धिक मान्छे । म सामान्य कलाकार मात्रै हूँ । तर तपाइको भनार्इमा तपार्इ कहाँ चुक्नु भो भने २२ जिल्लाको धोती मात्रै होइन ७५ जिल्लाको सिरक नै तपाइकै होइन र ?
केहि अबुझहरूलाइ छोड्ने हो भने अहिले पहाडमा मधेसीलाइ सम्मानै गरिन्छ, तपार्इ परराष्ट्रमन्त्री हुँदा हामीले मधेसको परराष्ट्रमन्त्रीका हिसाबले बुझेनौ । रामबरणजी, परमानन्द जी लार्इ राष्ट्रपति र उपराष्ट्रपतिकै हिसाबमा झुकेर सलाम गर्यौ । मेरो र मेरो छोरीको कति साथिहरू मधेसी छन् । घरमा आउँदा कहिले मधेसी आएको होइन आफन्त नै आएको ब्यबहार प्रस्तुत गर्ने गर्छौ । तपार्इका कतिपय आन्दोलन हॉक्नेहरूले पहाड़िया केटी बिहे गर्नु भएको छ । सोध्नुस उहॉहरूलार्इ काठमाडौंले उहॉहरूलार्इ ज्वॉइको आतिथ्यता दिन कहिले कन्जुसी गरेको छ ?
अहिले राज्य बॉडफाडमा पनि लगभग सबैका भागमा ७-८ जिल्ला नै परेको अबस्थामा तपाइलार्इ यो ८ जिल्ला कछाड लाग्यो ? हामी पहाडका लागि पनि सुरूवाल होइन, कट्टु नै भागमा परेको छ। सबै मधेसीलाइ एउटै मधेस, सबै पहाडियालार्इ एउटै पहाड चाहिएको थियो भने संघियतामा जाने निर्णय किन गर्नु भो एउटै नेपाल (सिरक र डस्ना) नै थियो नि । आफ्नो पबित्र भूमि जहॉ जानकी मन्दिर पनि पर्छ त्यसलार्इ कछाड र लगौटी जस्ता तुच्छ बस्त्रसंग तुलना नगर्नुस् ।
राज्यको गहना भनिने तर कुनै पनि सरकारी ठाउँमा हैसियत नराख्ने कलाकारिता गरेर हिडेको सानो मान्छेको दिमागमा जे आयो त्यो लेखे । दाउरामा पकाको अधकल्चो भात खाएर हिडेका बसको छतमा झुन्डिदा झुन्डिदा थकित जनतालार्इ देख्दा जे महसूस भो त्यो बिचारलार्इ यहाँ पोखे । यस्तो अबस्थालार्इ देख्दा थाम्न सकिएनर लेख्न बाध्य भए ।
के संबिधान यी दुःख पाउने जनताले लेखेका हुन् ? तपाइहरूले नै लेख्नु भाको हो, असफल हुनु भाको भए पनि तपाइ नेताहरूनै भाको हो । असफल हुने तपाईहरू सजाए पाउने जनता ? यो कस्तो बिडम्बना हो ? त्यसैले एकचोटी बिचार गरिदिनुहोला गल्ति भए माफि चाहन्छु ।
जय मधेस, पहाड, हिमाल । जय नेपाल ।
















प्रतिक्रिया