१० कार्तिक २०८३, मंगलबार

हुलाकी सडक कब्जा गर्ने मधेसी मोर्चाको तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी
भैरहवा, १३ असोज । विहीवार संयुक्त मधेसी मोर्चा रुपन्देहीले नवलपरासीको तुरीयादेखी कपिलवस्तुको कोठीसम्म लाखौंको मानव सांग्लो निर्माण गर्ने भएको छ ।

मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवले दिएको जानकारी अनुसार दिउसों १ बजेदेखी २ बजेसम्म लाखौं मानिसको सहभागीतामा मानव सांग्लो निर्माण गरिने छ । सो समयमा कसैलाई पनि यता उता सवारी साधनबाट ओहोर दोहर गर्न दिइने छैन ।

मोर्चाको आन्दोलनको फरक प्रकृति अनुसार विहीवार मानव सांग्लो निर्माण गर्न थालिएको हो । विहीवारको कार्यक्रममा जनसमुदायको व्यापाक सहभागीताकोलागी मर्चवार, लुम्बिनी, धकधई, क्षेत्रमा व्यापाक प्रचार प्रसार भईरहेको स्थानियले बताएका छन् । मर्चवार मिडीया एजेन्सीका संयोजक जगरनाथ केवटले दिएको जानकारी अनुसार मोर्चाको पकड क्षेत्र मर्चवारको १६ गाविसका प्रत्येक घरघरबाट स्वइच्छाले हजारौं मानिसहरु मानव सांग्लो जुलुसमा सहभागी हुन बनगाई आउने छन् ।

Morcha-rupandehiमोर्चाले विहीवारको मानव साग्लो निर्मीत आन्दोलन सफल पार्न नेताहरुको कमाण्डींगको क्षेत्र पनि बाडफाड गरेको छ । मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवले दिएको जानकारी अनुसार तुरीया देखी रोहीनि सम्मको कमाण्ड संघिय मधेसी मोर्चाका जिल्ला संयोजक देवेन्द्र पाण्डे सहित विद्याप्रसाद यादव, राहुल निषाद, योगेन्द्र चौधरी , जयप्रकाश यादव, विजय बहादुर चौधरी लगायतले गर्नेछन् । यसैगरी बगाह बसन्तपुर हुदैं नगरपालिकाको मायादवेी चौंकदेखी घाग्रा पुल सम्मको नेतृत्व फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य देवी प्रसाद चौधरी, एमाओवादीका पूर्व केन्द्रिय सल्लाहकार विनोद उपाध्यय, सद्भावना पार्टिका राजेन्द्र गुप्ता सहित शिवरतन गुप्ता, अजय बर्मा, सन्तोष पाण्डे, आनन्द गुप्ता लगायतले गर्नेछन् ।

त्यसैगरी बनगाईदेखी दानवपुल सम्म तमलोपा महामन्त्रि सवेन्द्रनाथ शुक्ला सहित वसिउद्धिन खान, उमाशंकर यादव, मोहनलाल यादव, देवमणि पाण्डे,रामअवतार यादव लगायतले नेतृत्व गर्नेछन् भने क्षेत्र नम्बर ७ लुम्बिनी क्षेत्रमा सभासद कमलेश्वर पुरी गोस्वामी सहित फकरुद्धिन खान, मनमोहन चौधरी, हजरत बेलाल, श्रीनीवास यादव, सुग्रीम यादवले मानव साग्लोको कमाण्ड सम्हाल्ने बुझिएको छ