– नरेश केसी
भैरहवा, १३ असोज । विक्रम सम्बत २०२२ सालमा स्थापना भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा बल्ल अधिकृत ब्यारेक निर्माण भएको छ ।
प्रहरी अधिकृत बस्ने, सुत्ने ब्यारेक नहुदां अत्यन्तै समस्या झेलिरहेको रुपन्देही प्रहरीले एसपी राजेन्द्र ढकालको प्रयासमा ब्यारेक निर्माण गर्न सफल भएको हो ।
गत भदौं महिनामा रुपन्देही प्रहरी प्रमुख भएर आएका एसपी ढकालले रुपन्देही आएसंगै प्रहरी कार्यलयको जिर्ण अवस्था देखेपछि अधिकृत ब्यारेक बनाउने अठोट गरेका थिए । एसपी ढकालको अठोटलाई स्थानिय उद्योगी व्यवसायीले सहयोग गरेपछि ब्यारेकको निर्माण सम्पन्न भएको हो ।
कुल ४० लाख ९ हजार १ सय ४४ रुपैया लागतमा निर्माण सम्पन्न उक्त व्यारेक भवनको २ कोठा, डाइनिङ किचन १ , बाथरुम २ र शौचालय २ वटा रहेका छन् । नवनिर्मीत भवनमा प्रहरीको आन्तरीक स्रोतबाट १ लाख ९५ हजार र प्रहरी श्रमदान ६ लाख ३९ हजार ६ सय गरी जम्मा ८ लाख ३४ हजार ६ सय लगानी भएको छ । बाकिं रकम स्थानियले सहयोग गरेका हुन् । ब्यारेक निर्माणकोलागी स्थानिय समाजसेवी ओमकार गौचनको अध्यक्षतामा गत चैत्र २५ गते बसेको स्थानीय उद्योगी व्यापारी तथा समाजसेवीहरुको बैठकले प्रहरी ब्यारेक निर्माण समिती समेत गठन भएको थियो । सोही समितीको सक्रियतामा भवन निर्माण भएको प्रहरी उपरिक्षक राजेन्द्र ढकालले जनाए ।
प्रहरी अधिकृतको भवन निर्माणकोलागी गोयन्का, लक्ष्मी, अम्बे, पन्चकन्या, एभरेष्ट , एसआर स्टिलले संयुक्त रुपमा ८ हजार ३ सय ३७ केजी छड सहयोग गरेका छन् । जसको बजार मूल्य ६ लाख ४९ हजार ९ सय १६ रहेको छ ।
यसैगरी निर्माण व्यवसायी रामु अधिकारी माफृत गरेर ५ लाख ७२ हजार ९ सय ६० मूल्य बराबरको ढुंगा बालुवा गिट्टी सहयोग भएको छ । अम्बुजा , सिद्धार्थ, अर्घाखाची, जगदम्बा, बृज, रिलायन्स, अग्नी, सुप्रीम सिमेन्ट कम्पनिहरुले ४ लाख ९० हजार ९ सय ८७ मूल्य बराबरको ८ सय ५५ बोरा सिमेन्ट सहयोग गरेका छन् ।
प्रहरी भवन निर्माणमा इट्टा व्यवसायी संघ मार्फत ४ लाख ३१ ह्जार २ सय ५० मूल्य बराबरको ३४ हजार ५ सय इट्टा, व्यवसायी मंगल भण्डारीले १ लाख ५ हजार ३ सय मूल्य बराबरको माटो र ओम मार्बल, रुदाक्ष टायल र शुभश्री टायलले १ लाख १ हजार मूल्य बराबरको टायल मार्बल सहयोग गरेको रुपन्देही प्रहरीले जनाएको छ । भवन निर्माणमा मन काष्ठ उद्योगका नवराज न्यौपानेले ६२ हजार मूल्य बराबरको काठ सहयोग गरेका छन् ।
नवनिर्मीत भबन बनाउन मिस्त्री खर्च ७ लाख ४६ हजार १ सय ३१ लागेको थियो सो रकम तिर्न मुश्किल भएपछि स्थानियले नै रकम उठाएर चुक्ता समेत गरेका छन् । मिस्त्रीबापतको रमककोलागी ओमकार गौचनले ५१ ह्जार, श्रीचन्द्र गोयन्काले ५१ ह्जार, प्रमोद यादवले ५१ ह्जार , मंगल भण्डारीले ४० हजार, राम थापाले २५ हजार , जिविस रुपन्देहीले ३ लाख २७ हजार ६ सय ८८, सिद्धार्थ उद्योग वाणिज्य संघले १ लाख, सिनपाले १ लाख सहयोग गरेका छन् ।
नवनिमीत प्रहरी अधिकृत व्यारेकको एक समारोह बिच बुधवार लुम्बिनी अञ्चलका प्रमुख तथा कार्यक्रमका प्रमुख अथिति एसएसपी गणेश के.सी.ले रिबन काटि समुदघाटन गरेका छन् । सो उद्घाटन समारोह भवन निर्माण समितीका अध्यक्ष गौचनको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद शर्मा, स्थानिय शान्ति समिती रुपन्देही अध्यक्ष ज्ञानु पौड्याल, सिघार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा, उद्योग व्यपार संगठनका अध्यक्ष खिमबहादुर खत्री, राजेश अग्रवाल, क्रृषी अग्रवाल, नवलपरासी रोडाढुंगा व्यवसायी समिती अध्यक्ष रामु अधिकारी, नेपाली सेनाका कर्णेल रमेश लामा, स्थानिय विकास अधिकारी विश्वप्रकाश अर्याल, विकास श्रेष्ठ, रवि शर्मा, विजय पाण्डे, श्रीचन्द गोयन्का, मंगल भण्डारी , साहित्यकार विजय सागर लगायतको आतिथ्यता रहेको जिप्रका रुपन्देहीका प्रवक्ता डिएसपी रामेश्वर कार्किले जनाए ।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीमा प्रहरी अधिकृतकोलागी भवन बनेपछि इन्सपेक्टर, सई र असई तहकोलागी सहज हुने भएको छ। यद्यपी एसपी ब्यारेक अत्यन्तै जिर्ण अवस्थामा छ भने डिएसपीकोलागी भैरहवा बजारमा भाडामा घर लिएर बस्ने बाध्यता अहिले सम्म कायमै छ ।



















प्रतिक्रिया