काठमाडौं, १३ असोज । अमेरिकाको लागि सन् २०१७ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि बिहिबार (भोली)बाट आवेदन खुला हुने भएको छ ।
बुधबार अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तीअनुसार विहीबारदेखि डिभी कार्यक्रम सुरु हुन भएको हो । डिभीको अन्तिम आवेदन दर्ता आगामी कार्तिक १७ गतेसम्म रहेको छ ।
नेपाली समयअनुसार भोली ९.४५ बजेदेखि डिभी खुल्दैछ । डिभी आवेदन दर्ता गर्दा कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ । आवेदन फारम भर्दा कुनै कन्सल्टेन्टको सहयोग नचाहिने र जान्ने बुझ्ने परिवारकै सदस्यबाट आवेदन भर्न समेत दूतावासले सुझाव दिएको छ ।
डिभी चिट्ठाको आवेदन अनलाइन मार्फत् भर्नुपर्नेछ । तोकिएको अवधिमा www.dvlottery.state.gov#sthash.x6YO8BT7.dpuf मा गएर यो आवेदन दर्ता गर्न सकिनेछ।
एक जना आवेदकको एकवटा मात्र आवेदन दर्ता हुने र एकभन्दा बढी दर्ता गरेमा उक्त दर्ता खारेज हुने दूतावासले जनाएको छ ।















प्रतिक्रिया