१ कार्तिक २०८३, शनिबार

नाकाबन्दीमा सुनको भाउ ह्वात्तै घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

काठमाडौं, १३ असोज । भारतको अघोषित नाकाबन्दीमा नेपालमा सुनको भाउ ह्वात्तै घटेको छ ।

अन्य सामग्री मूल्य बढिरहेका बेला सुनको भाउ भने ह्वात्तै घटेको हो । यो हप्ता मंगलबार र बुधबार गरी दुई दिनमै हजार रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चार सय रुपैयाँले घटेको सुनको मूल्यमा बुधबार प्रतितोला ६ सय रुपैयाँले गिरावट आएको हो । महासंघका अनुसार बुधबार सुनको भाउ तोलाको ५० हजार रुपैयाँमा कारोवार भएको छ । यसअघि मङ्गलबार सुन प्रतितोला ५० हजार ६ सयमा कारोवार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । ६८५ रुपैयाँ रहेको चाँदी बुधबार पाँच रुपैयाँले घटेर प्रतितोला ६८० रुपैयाँमा कारोबार भएको छ ।