२१ कार्तिक २०८३, शनिबार

मधेसी मोर्चाद्धारा नयाँ आन्दोलनको घोषणा, के-के गर्दैछ तराई मधेसमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ आन्दोलनको स्वरुप निर्धारण गरेको छ ।

बुधबार रौतहटमा बसेको मोर्चाको बैठकले असहयोग आन्दोलन गर्ने निर्णय गरेको हो । शान्तिपूर्ण तथा अहिंसात्मक र असहयोग आन्दोलन अन्तर्गत तराई/मधेसमा रहेका सरकारी कार्यालयहरु, कर कार्यालयहरु, वित्तिय संस्थाहरु लगायत सरकारलाई प्राप्त हुने राजस्व समेत बुझाउने कार्य बन्द गर्दै सरकारलाई कुनै पनि प्रकारको शुल्क, कर वा राजस्व नतिर्ने घोषणा मोर्चाले गरेको हो ।

बैठकमा हालै राज्य र राज्यद्वारा प्रायोजित संस्थाहरुले हिन्दी प्रसारण सेवालाई बन्दगरी मधेशी समुदाय लगायत माथी सांस्कृतिक अतिक्रमणकारी कार्य गरेको हुँदा सोको घोर भत्र्सना गरिएको छ ।

फाइल तस्बिर
फाइल तस्बिर

यस्तै, विहीबार दिउँसो १ बजे मेचीकाली मानव साङ्गलो अर्थात हातेमालो कार्यक्रमलाई सफल बनाउन प्रत्येक गाँउ, घर र परिवारवाट समेत सहभागी भई दिनु हुन समेत मोर्चाले हार्दिक अपिल गरेको छ ।
यस्तो छ मोर्चाको प्रेस विज्ञप्तीः
नेपाली जनताले लामो समय देखी समानता, स्वतन्त्रता र सामाजिक न्यायप्राप्तिका साथै विभेद रहित समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको स्थापनाका लागी संर्घष गर्दै आएको सर्वविदितै छ । यसै सन्दर्भमा मधेशी, आदिवासी जनजाती, दलित, महिला, मुस्लिम, थारु, अल्पसंख्यक तथा सिमांतकृत सामुदायआदिका बिरुद्ध कायम रहेको भेदभाव, असमानता, शोषण, उत्पीडनलाई अन्त्यका साथै उक्त सामुदायहरुको अधिकार र पहिचान समेतलाई सम्बोधननै नगरी हालै जारी गरिएको नेपालको संविधानले विगतमा प्राप्त अधिकारलाई समेत हनन् गर्ने कार्य गरेको हुँदा सोको बिरुद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सर्घषरत रहेको छ । आमजनताको सहयोग र सहभागिताकै कारणले आन्दोलन उच्चाईमा पुगेको छ । यसका लागी शहादत दिनु भएका सम्पूर्ण वीर शहीदहरुप्रति उच्च सम्मान व्यक्त गर्दै आन्दोलनको क्रममा घाईते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दर्छौ । साथै आन्दोलनलाई सहयोग गरिरहनु हुने सम्पूर्ण जनसमुदाय, उद्योगपति, व्यापारी, शैक्षिक संस्थान, पेशागत कर्मचारी, किसान, मजदुर, युवाविद्यार्थीलाई मोर्चा हार्दिक बधाई तथा धन्यवादका साथै आभार व्यक्त गर्न चाहन्छ । उचाईमा पुगेको यस शान्तिपूर्ण, अहिंसात्मक तथा असहयोग आन्दोलनलाई निर्णायक आन्दोलनको रुपमा रुपान्तरित गर्दै अझ बढी शसक्त बनाउन निम्न बमोजिम कार्यक्रमहरु सफल पारी दिनु हुन हार्दिक अपील गर्दछौँ ।
1. शान्तिपूर्ण तथा अहिंसात्मक र असहयोग आन्दोलन अन्र्तगत तराई÷मधेशमा रहेका सरकारी कार्यलयहरु, कर कार्यलयहरु, वित्तिय संस्थाहरु लगायत सरकारलाई प्राप्त हुने राजस्व समेत बुझाउने कार्य बन्द गर्दै सरकारलाई कुनै पनि प्रकारको शुल्क, कर (TAX) वा राजस्व नतिर्ने ।
2. हालै राज्य र राज्यद्वारा प्रायोजित संस्थाहरुले हिन्दी प्रसारण सेवालाई बन्दगरी मधेशी समुदाय लगायत माथी सांस्कृतिक अतिक्रमणकारी कार्य गरेको हुँदा सोको घोर भत्र्सना गर्दै उक्त कार्य तत्काल बन्द गर्न अनुरोध गरिन्छ ।
3. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा यही २०७२ आश्विन १४ गते दिनको १ बजे मेचीकाली मानव साङ्गलो अर्थात हातेमालो कार्यक्रमलाई सफल बनाउन प्रत्येक गाँउ, घर र परिवारवाट समेत सहभागी भई दिनु हुन मोर्चा हार्दिक अपिल गर्दछ ।
उपेन्द्र यादव (अध्यक्ष)

सङ्घीय समाजवादी फोरम, नेपाल

महन्थ ठाकुर (अध्यक्ष)

तराई मधेश लोकतान्त्रिक पार्टी

राजेन्द्र महतो (अध्यक्ष)

सदभावना पार्टी

महेन्द्र राययादव (अध्यक्ष)

तराई मधेश सदभावना पार्टी,नेपाल