१ कार्तिक २०८३, शनिबार

मधेसी मोर्चाका कार्यकर्ताले रामनगर चिनी मिल बन्द गराए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

महोत्तरी, १३ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीको रामनगरस्थित एभरेष्ट सुगर मिललाई अनिश्चितकालको लागि बन्द गरेको छ ।

सिमाङ्कनको विरोधमा ४७ दिनदेखि आन्दोलनमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान चिनी मिलको तीनवटै द्वारमा टायर बालेर मिलको हरेक कामकाज बन्द गराएका हुन् ।

उनीहरुले मिलको मुलद्वारलगायत अन्य द्वारमा कालो झण्डा गरेर अनिश्चिकालीन मिलमा काम बन्द गर्ने निर्णय गरेका हुन् ।

मिल बन्द गराएको कार्यकर्ताले मिलमा कार्यरत रहने कामदारलाई समेत घर फर्काइएको हो । विसं २०५० मा एभरेष्ट सुगर मिल नेपालकै उत्कृष्ट चिनी मिलमध्येको एक रहेको छ । रासस