रुपन्देही, १३ असोज । रुपन्देहीको बेलहिया नाका भएर आज दिउँसो ग्यास र पेट्रोल नेपाल भित्रिएको छ ।
अहिलेसम्म तीनवटा पेट्रोल टयाङ्कर तथा एउटा ग्यास बुलेट भारतीय नाका सुनौली हुँदै नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख लावण्य ढकालका अनुसार नेपाल र भारतीय भन्सारबीच १२ वटा टयाङ्कर (पेट्रोल र डिजेल) तथा चारवटा ग्यास बुलेट छाड्ने सहमति भएको छ ।
यस विषयमा आज दुवै देशका भन्सार अधिकृतबीच सुनौलीमा सहमति भएको हो । सहमतिपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल भित्रिने मालबाहक गाडिलाई सुरक्षा घरेमा राखेर सीमासम्म ल्याएको थियो । रासस












प्रतिक्रिया