काठमाडौं, १३ असोज । भारतीय हस्तक्षेपको विरोधमा मंगलबारबाट हिन्दी च्यानल बन्द भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आपत्ति जनाएको छ ।
बुधबार रौतहटमा बसेको मोर्चाको बैठकले नेपालमा हिन्दी च्यानलहरु बन्द गरेकोमा आपत्ति जनाएको हो । मोर्चाका नेता राजेन्द्र महतोले हिन्दी च्यानल बन्द हुँदा आफूहरुको भाषा र संस्कृतिमाथि आक्रमण भएको बताए । ‘यो हाम्रो भाषा र संस्कृतिमाथिको ठाडो आक्रमण हो’ उनले भने ।
भारतले नेपालको अन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै केवल टेलिभिजन सञ्चालकहरुले मंगलबारबाट हिन्दी च्यानलहरु बन्द गरेका छन् ।












प्रतिक्रिया