३० आश्विन २०८३, शुक्रबार

आफ्नै वृत्तचित्र हेर्दा ऋषिका आँखामा हर्षका आँशु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, १३ असोज । भूकम्पबाट ढलेको घरको भग्नावशेषबाट ८२ घण्टापछि उद्धारमा परेका जिल्लाको ढाकाबाङ्ग साम्नेगाउँका ऋषि खनाललाई शनिबार हर्षको कुनै सिमा थिएन । ८२ घण्टाको उद्धारपछि नयाँ जीवन पाएका खनाललाई नगद सहयोग तथा अभिनन्दन गर्ने कार्यक्रम थियो । विदेश जान भन्दै हिँडेका उनी वैशाख १२ गते काठमाडौंको एक होटलमा थिए । भूकम्पले उनी बसेको सात तले घर भत्किएपछि उनी घरको भग्नावशेषमा पुरिए । शसस्त्र प्रहरीले विदेशीको प्राविधिकको सहयोगमा ८२ घण्टापछि उनलाई घाइते अवस्थामा उद्धार ग¥यो । उनको एउटा खुट्टा काटिएको छ । उनी कृत्रिम खुट्टाको सहारामा हिँडडुल गरिरहेका छन् ।

Rishi-Khanal-Ganesh-Panday-Documentary-Bhagyale-bachekaharu

भूकम्पको घटनालाई लिएर पत्रकार गणेश पाण्डेले निर्माण गरेको ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्रमा उनी मुख्य पात्रका रुपमा छन् । उनी शनिबार श्रीमती र आठ महिनाको छोरा लिएर सन्धिखर्क आए । उनको सहयोगार्थ अनेरास्ववियु अर्घाखाँचीले सो वृतचित्र प्रर्दशन ग¥यो । उनी आफूलाई सहयोग गर्न आयोजना गरिएको कार्यक्रममा उल्लेख्य दर्शकहरु देखेर निकै खुसी देखिन्थे । ‘आजको दिनलाई म कहिल्यै बिर्सन सक्दैन’ निकै खुसी हुँदै खनालले नागरिकसँग भने, ‘मलाई यो कार्यक्रमले नयाँ जीवन जिउनमा सहयोग पु¥याएको छ ।’ कमजोर आर्थिक स्थितिका उनलाई घरपरिवारको निकै चिन्ता छ । ‘श्रीमती र छोराले दुःख पाउँछन कि जस्तो लाग्छ’ भक्कानिँदै उनले थपे, ‘यिनहरुले दुःख नपाए मलाई जीवन जीउन समस्या हुने थिएन ।’ ‘म अपाङ्ग भएकै कारण छोरो शिक्षाबाट वञ्चित नहोस् भन्ने लागेको छ’ उनले भने ।

Rishi-Khanal-Ganesh-Panday-Documentary-Bhagyale-bachekaharu1

५५ मिनेटको वृत्तचित्रमा ऋषिको यथार्थ कथावस्तुलाई बढी मात्रामा प्रस्तुत गरिएको छ । उनलाई सो अवसरमा वृत्तचित्रबाट उठेको रकमबाट नगद २० हजारसहित अभिनन्दन गरियो । उनले आफूलाई उद्धार गरेको भिडियो समावेश भएको वृत्तचित्र हेर्दा आँशु थाम्न सकेनन् । उनका आँखाबाट आँशुको बर्षात भयो । सँगै रहेकी श्रीमतीले पनि भक्कानो छाडेर रोहिन, ऋषि र उनकी धर्मपत्नी स्तब्ध भइरहँदा उनीहरुका आठ महिनाको अबोध बालकको अनुहार पनि ओइलिएको फुलझैँ थियो । ‘मलाई बृत्तचित्र सामान्य खालको होला भन्ने लागेको थियो बृत्तचित्र हेरेपछि ऋषिकी श्रीमती कविता खनालले भनिन्, ‘मैले सोँचे भन्दा धेरै राम्रो रहेछ ।’ ‘ आफ्ना श्रीमानले पुनर्जन्म पाएको भिडियो हेर्न पाएँ’ उनले भनिन ‘मेरो लागि यहाँ भन्दा ठूलो अरु केही पनि हुन सक्दैन ।’ खचाखच दर्शक र दर्शकहरुको आफूहरुप्रतिको सहानुभूति देखेर उनीहरुसँग हर्षको कुनै सिमा नै थिएन । आँशु ऋषि दम्पत्तिका मात्र खसेका होइनन्, खचाखच हल कोही दर्शकहरु सुक्क सुक्क आवाज निकालेरै रोइरहेका थिए भने केहीले रुमालले आँशु पुच्छ्दै गरेको देखिन्थ्यो । मन समाल्नेहरुका पनि आँखा रसाएका थिए । कठोरपना हुनेहरुलाई मन समाल्न धौ÷धौ भएको थियो । जिल्लाका राजनीतिक दलका प्रमुख, सरकारी कार्यालयका प्रमुख, लगायत सर्वसाधरण, विद्यार्थीहरुले वृत्तचित्र हेरेका थिए ।

Rishi-Khanal-Ganesh-Panday-Documentary-Bhagyale-bachekaharu2

सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र पौडेलले बृत्तचित्र निकै हृदयस्पर्शी भएको टिप्पणी गरे । ‘बृत्तचित्रमा समावेश भएका घटनाक्रम सबै राम्रा छन्’ उनले भने, ‘राजधानी बाहिरका घटनाक्रमलाई पनि जोड्ने प्रयास गरेको भए सुनमा सुगन्ध हुने थियो ।’ युवा वर्ष जनता रविचित्र उच्च माविका प्रचार्य टेकराज आचार्यले विद्यार्थीहरुलाई भूकम्प सम्बन्धी ज्ञान होस् भन्ने हेतुले आफूहरुले उनीहरुलाई बृत्तचित्र देखाएको बताए । सो विद्यालयका करिव ३ सय विद्यार्थीले बृत्तचित्र हेरेका थिए । बृत्तचित्रमा भग्नावशेषबाट लामो समयपछि उद्धार गरिएकाहरुलाई पात्रको रुपमा उतारिएको छ ।

बृत्तचित्रमा बाँच्ने र बचाउनेको कथावस्तुलाई समेटिएको संचारकर्मी समेत रहेका बृत्तचित्रका निर्देशक पाण्डेले बताए । बृत्तचित्र प्रदर्शन गरि जम्मा भएको रकमको केही हिस्सा भूकम्प पीडितका लागि खर्च गरिने उनले बताए । बृत्तचित्रले भूकम्पलाई पुर्नताजजी मात्र गरेको छैन’ उनले भने, ‘यसले उनीहरुलाई आर्थिक सहयोगदेखि अन्य सहयोग पनि गरेको छ ।’ उनले भूकम्प पीडितका लागि देश र विदेशमा पनि बृत्तचित्र सो गर्ने कार्यक्रम रहेको बताए । अनेरास्ववियुका अध्यक्ष प्रदीप नेपालीले बृत्तचित्रमार्फत ऋषिलाई सहयोग गर्न पाउँदा आफूहरुलाई खुसी लागेको बताए । ‘हाम्रो यो साना सहयोगले उहाँको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ’ उनले भने, ‘अरुपक्षले पनि सहयोग गर्न आवश्यक छ ।’

– अर्जुन भुसाल