सिराहा, १३ असोज । सिरहामा एक पुरुषले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरेका छन् ।
आफ्नै दाजुलाई धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा बडहरामाला–५ बस्ने ४० बर्षीय फतियार यादवलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
यादव लगायतका अन्य २÷३ जनाले मंगलबार राति ५० बर्षीय दाजु देव नारायण यादवलाई जग्गा सम्बन्धी विवादमा कुटपिट तथा खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि न्यूरो अस्पताल बिराटनगरमा लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया