काठमाडौं, १३ असोज । भारतीय हस्तक्षेपविरुद्ध मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आजदेखि विरोध प्रदर्शन सुरु गरेको छ ।
भारतले नेपालको आन्तरिक मामिलामा गरेको हस्तक्षेप र नाकाबन्दीको विरोधमा आज दिउँसोदेखि राजधानीको रत्नपार्कबाट जुलुससहितको विरोध प्रदर्शन सुरु हुने सचिव देव गुरुङले बताए ।
प्रदर्शनमा महासचिव रामबहादुर थापा बादल, सचिव गुरुङलगायतका नेता-कार्यकर्ताहरु सहभागी हुनेछन् । भने, हजारौ कार्यकर्ता सडकमा उत्रिनेछन् । राष्ट्रियताका लागि अभियानै चलाउँदै आएको वैद्य माओवादीले संविधान निर्माणपछि पहिलोपटक भारतविरुद्ध प्रदर्शन गर्न लागेको हो ।













प्रतिक्रिया