२१ कार्तिक २०८३, शनिबार

दाङको देउखुरीमा थारुले महेन्द्र राजमार्ग कब्जा गरे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dang Deukhuri Ko Sadak Bandaदेउखुरी, १३ असोज । थरुहट/थारुवान संयुक्त संघर्ष समिति देउखुरीले राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेपछि आज बिहानैदेखि पूर्वपश्चिम महेन्द्र राजमार्गमा सवारी साधन चल्न सकेका छैनन् ।

बिहान ६ बजेसम्म राजमार्गमा सवारी साधन चलेपनि त्यसपछि राजमार्ग सञ्चालनमा आउन सकेको छैनन् । प्रहरीले स्कर्टिङ्ग गरेर अलपत्र सवारी साधनलाई गन्तब्यमा पुराउने बताएको छ ।

थरुहट/थारुवानले बजार र विद्यालय बन्द नगर्ने बताएपछि बिहानैदेखि लमही, भालुवाङ्ग, गढवा र सिसहनिया बजार खुलेका छन् । विद्यालयहरू पनि सञ्चालनमा आएका छन् ।

थरुहटका कार्यकर्ताले लमही–भालुवाङ, लमही–रिहार र लमही–गढवा सडकखण्डको विभिन्न ठाउँमा अवरोध सृजना गरेका कारण सवारी आवागमन रोकिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख लक्षमणबहादुर शाहीले जानकारी दिनुभयो ।

मजगाउँ, सतबरिया, सिसहनिया र गढवामा बन्द कर्ता राजमार्ग र सडकमा उत्रिएको थरुहट/थारुवान संयुक्त संघर्ष समितिका प्रवक्ता प्रकाशकुमार चौधरीले जानकारी दिनुभयो ।

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले थारु बाहुल क्षेत्रलाई अलग प्रदेश बनाउनुपर्ने, जनसंख्याको आधारमा समानुपाति प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने, पूर्वसहमति कार्यान्वयन गर्नुपर्ने लगायतका माग राख्दै गत साउन २७ गतेदेखि अनिश्चितकालीन आमहड्ताल गर्दैै आएको छ ।

लामो समय भैसक्दा पनि सरकारले नसुनेको भन्दै राजमार्ग र नाका केन्द्रित आन्दोलन थालिएको संघर्ष समितिका देउखुरी संयोजक हीरालाल चौधरीले जानकारी दिनुभयो ।