१० कार्तिक २०८३, मंगलबार

मधेस आन्दोलनबारे भारतीय राजदूतको कडा प्रतिक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranjit-rayकाठमाडौं, १२ असोज । नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले नेपालको नयाँ संविधानप्रति भारतको कुनै असहमति नरहेको दाबी गरेका छन् ।

मंगलबार नेपाल-भारत मैत्री समाजद्धारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै राजदूत रेले भारतको चासो केबल तराई मधेस क्षेत्रमा देखिएको आन्दोलनलाई सम्बोधन गरेर दलहरु अघि बढुन् भन्ने मात्र रहेको जिकिर गरे ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा भैरहेका आन्दोलनले भारत असुरक्षित बनेको भन्दै उनले सीमाक्षेत्रबाट आयात–निर्यात् हुन नसकेको तर्क गरे । भारतको अघोषित नाकाबन्दीका विषयमा भने उनी एक शब्द पनि बोलेनन् ।