१० कार्तिक २०८३, मंगलबार

वैद्यलाई चिनियाँ राजदूतले भने- चीन नेपालको सच्चा मित्र हो, चिन्ता नलिनुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baidhya-copyकाठमाडौँ, १२ असोज । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र नेपालका लागि चीनका राजदूत वु छुन्ताइबीच आज भेटवार्ता भएको छ ।

माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा भएको भेटमा समसामयिक राजनीतिक विषयका साथै चीन र नेपालबीचको सम्बन्ध तथा दुई पार्टीबीचको सम्बन्धका विषयमा छलफल भएको भेटमा सहभागी माओवादी सचिव देव गुरुङले जानकारी दिनुभयो ।

भेटमा राजदूत छुन्ताइले अहिले नेपालमा देखिएको राजनीतिक असमझदारी समाधान गर्न नेपालका राजनीतिक दल सक्षम रहेको विश्वास आफूहरुले लिएको बताउनुभएको थियो ।

राजदूत छुन्ताइले नेपालमा भारत सरकारले लगाएको अघोषित नाकाबन्दी, एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीबीचको एकता प्रयासका विषयमा समेत चासो राख्नुभएको थियो ।

भूकम्पका कारण चीनको नेपालसँगको तातोपानी नाका र रसुवागढी नाका बन्द भएको अवस्थामा ती नाकाहरु छिटो खुलाउन चीनको सहयोगका लागि अध्यक्ष वैद्यले राजदूतसँग आग्रह गर्नुभएको थियो ।

भेटमा अध्यक्ष वैद्यले संविधानसभाभित्र र संविधानसभाबाहिर रहेका दललाई समेटेर संविधान जारी गर्न नसक्दा अहिले केही असहज परिस्थिति देखा परेको बताउनुभएको थियो । रासस