१० कार्तिक २०८३, मंगलबार

महन्थ ठाकुरसँगको वार्ता सकारात्मक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahanta_Thakurभक्तपुर, १२ असोज । तीन दलको वार्ता टोली र तराई–मधेस लोकतान्त्रिक पार्टीका नेताबीच आज भएको वार्ता सकारात्मक भएको छ ।

सानोठिमीस्थित तमलोपा अध्यक्ष महन्थ ठाकुर निवासमा तीन दलीय वार्ता टोलीका नेता वन तथा भूरसंरक्षणमन्त्री एवं नेपाली काँग्रेसका नेता महेश आचार्य, नेकपा (एमाले)का नेता अग्नि खरेल र एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच वार्ता भएको हो ।

वार्तापछि नेता आचार्यले ठूला तीन दलका शीर्ष नेताको धारणासहित आजको छलफल भएको जानकारी दिनुभयो । आजको भेटवार्ता सकारात्मक भएको जानकारी दिँदै उहाँले मोर्चासँग बुधबार पुनः छलफल गरिने जानकारी दिनुभयो ।

वार्तापछि अध्यक्ष ठाकुरले आजको अनौपचारिक छलफल सकारात्मक भएको जानकारी दिँदै बुधबार औपचारिक वार्ताका लागि समय निर्धारण गरिने बताउनुभयोे । अब वार्ता र छलफललाई निरन्तरता दिइने र आन्दोलनलाई पनि निरन्तर रुपमा सहमति नभएसम्म लैजाने मोर्चाको योजना भएको बताउनुभयो । रासस