काठमाडौं, १२ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मधेसमा भइरहेको आन्दोलनका नेतृत्व गर्नेहरु देशभक्त नभएको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आफ्नो देशमा नाकाबन्दी गर्न छिमेकीलाई हारगुहार गर्ने र नाकाबन्दी गराउने काम गर्ने काम देशभक्तले गर्नै सक्दैनन् भन्नुभयो । वार्ताका बहानामा विभिन्न स्थानमा परिचालन गरिएका सेना फिर्ता गरेर नेपाल सरकारले गलत निर्णय गरेको बिजुक्छेकोे भनाइ थियो ।
उहाँले भन्नुभयो- “अन्तर्राष्ट्रिय कानुनविपरीत गएर नेपाल जस्तो भपरिवेष्ठित देशमा भारतले अघोषित नाकाबन्दी गर्दा सरकारले यसलाई अन्तर्राष्ट्रिय विषय बनाउन सक्नुपर्छ ।” रासस












प्रतिक्रिया