काठमाडौं, १२ असोज । राजधानीमा दिनदहाडै दुई युवामाथि खुकुरी प्रहार भएको छ ।
काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने २२ वर्षीय सुदिप रिजाल र सोही ठाउँ बस्ने नुवाकोट खडगभञ्ज्याङका २३ वर्षीय नरेश बोहरा खुकुरी प्रहारबाट मंगलबार घाइते भएका छन् ।
काठमाडौं महानगरपालिका–१६ बसन्तनगरमा हिँडिरहेको अवस्थामा उनीहरुलाई कुश, शोभित र विज्ञान भत्रे व्यक्तिहरुले खुकुरी प्रहार गर्दा घाइते भएकोले उपचारको लागि जनमैत्री अस्पताल बालाजु पठाइएको छ । दुवैको अवस्था हाल सामान्य रहेको छ ।
खुकुरी प्रहार गर्ने व्यक्तिहरुको खोजी गर्नुकासाथै प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया