२१ कार्तिक २०८३, शनिबार

सरकारी वार्ता टोलीलाई गच्छदार मोर्चाको जवाफः ठोस प्रस्तावमा मात्रै वार्ता हुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल योगी
काठमाडौं, १२ असोज । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नेतृत्वको संयुक्त मधेसी मोर्चाले ठोस प्रस्तावमा मात्रै सरकारसँग वार्ता हुने जनाएको छ ।

सोमबार सिंहदरबारस्थित फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालयमा सरकारी टोलीसँग भएको छलफल सकारात्मक रहेको भन्दै ठोस प्रस्तावमा मात्रै वार्ता सफल हुने जनाएको हो । सरकारी टोलीसँगको छलफलका क्रममा मोर्चाले मधेस आन्दोलनमा मारिएकालाई शहिद घोषणा गर्नुपर्ने, घाइतेको उपचार खर्च र क्षतिपूर्ति दिनुपर्ने, आन्दोलनकारीमाथि लगाइएका झुठा मुद्दा फिर्ता गर्नुपर्ने लगायतका माग पूरा गरेमात्रै ठोस प्रस्तावमा वार्ता हुने जनाएको फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले जानकारी दिनुभयो ।

फाइल तस्वीर
फाइल तस्वीर

उहाँले भन्नुभयो– ‘वार्ताका लागि सरकारले ठोस प्रस्ताव ल्याउनुपर्छ, हावातालमा वार्ता हुँदैन् । सर्वप्रथम त हामीले राखेका आन्दोलनमा मारिएकालाई शहिद घोषणा गर्नुपर्ने, घाइतेको उपचार खर्च र क्षतिपूर्ति दिनुपर्ने, आन्दोलनकारीमाथि लगाइएका झुठा मुद्दा फिर्ता गर्नुपर्ने लगायतका पूर्व शर्तहरु पूरा गर्नुपर्छ । अनिमात्रै सरकारसँग ठोस वार्ता हुन्छ ।’

महासचिव चौधरीले अगामी बैठकमा आउँदा ठोस प्रस्ताव ल्याएर मात्रै सरकारसँग वार्ता हुने धारणा राखे । भारतले नाकाबन्दी लगाउँदा तपाईहरु किन चुप ? भन्ने प्रश्नमा चौधरीले नाकाबन्दी राज्यको प्रत्यक्ष सरोकारको विषय भएकाले हाम्रो कुनै भुमिका नहुने जवाफ दिनुभयो ।

यस्तै, मधेसी मोर्चाको छलफलबाट बाहिरिँदै सरकारी वार्ता टोलीका संयोजक तथा वनमन्त्री महेश आचार्यले आजको वार्ता सकारात्मक भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘वार्ता सकारात्मक भयो, उहाँहरुले मधेस आन्दोलनमा मारिएकालाई शहिद घोषणा, झुठा मुद्दा फिर्ता, घाइतेलाई उपचार लगायतका माग राखेका छन् । यी माग पूरा गर्न के कस्तो गर्न बारेमा सरकारमा छलफल हुन्छ ।’

यस्तै, उहाँले आपूर्ति व्यवस्था मिलाउन सरकारले कुटनीतिक पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आपूर्ति व्यवस्था मिलाउन कुटनीतिक तथा राजनीतिक तवरबाट पहल भइरहेको छ ।’