१० कार्तिक २०८३, मंगलबार

नेपाल आएका भारतीय गाडी विद्यार्थीको नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुमन घिमिरे
मोरङ, १२ असोज । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीबिरुद्ध मोरङमा विद्यार्थीहरुले भारतीय गाडिलाई नियन्त्रणमा लिएका छन् ।

भारतीय हस्तक्षेपविरुद्ध जिल्लाभरका फिल्म हलहरुमा हिन्दी फिल्म र सवारीमा रोक लगाएर अभियानै चलाइरहेको नेकपा एमालेसम्बद्ध बिद्यार्थी संगठन अनेरास्वबियुले मंगलबार तीन वटा भारतीय गाडिलाई नियन्त्रणमा लिएको हो ।

मोरङको बिराटचोकबाट नियन्त्रणमा लिइएका तीन वटा भारतीय सवारीलाई केहीबेर नियन्त्रणमा लिई छाडिएको छ । नेपालको तिर्थस्थल भ्रमणमा आएको सवारी भएकाले केहीबेर नियन्त्रणमा लिएर छाडेको अध्यक्ष अनिल कार्कीले जानकारी दिनुभयो ।

indian-numberplateयस्तै, भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीबिरुद्ध अनेरास्वबियु मोरङले आज हस्ताक्षर संकलन गरेको छ । संबिधानमा असन्तुष्टि जनाउने नाममा भारतले आन्तरिक मामिलामा हस्तक्षेप गरी नेपालमाथि गरेको नाकाबन्दीबिरुद्ध आज मोरङका पाँच वटा क्याम्पसहरुमा हस्ताक्षर संकलन गरेको हो ।

अनेरास्वबियुले बिराटचोकस्थित सुकुना बहुमुखी क्याम्पस, रमाईलो बहुमुखी क्याम्पस, पथरी बहुमुखी क्याम्पस लगायतका क्याम्पसका हस्ताक्षर अभियान चलाएको अध्यक्ष कार्कीले बताउनुभयो ।