१० कार्तिक २०८३, मंगलबार

द्वन्द्वमा घाइते सैनिकलाई चारपाङ्ग्रे स्कुटर वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असोज । नेपाली सेनाले विगतका द्वन्द्वमा घाइते भई भिन्न क्षमता भएका सेनाका बहालवाला २० र अवकाशप्राप्त एकजना गरी २१ जना विभिन्न दर्जाका सैनिकलाई चारपाङ्ग्रे स्कुटर वितरण गरेको छ ।

सैनिक कल्याणकारी निर्देशनालयले २४ जनालाई चारपाङ्ग्रे स्कुटर वितरण गर्ने योजनाअन्तर्गत सो वितरण गरेको हो । सेना दिवसका अवसरमा तीनजना सैनिकलाई यसअघि स्कुटर वितरण गरिसकेको थियो ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले निर्देशनालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा २१ जना बहालवाला तथा अवकाश प्राप्त सैनिकलाई स्कुटरको साँचो वितरण गर्नुभयो ।

senaयसरी स्कुटर प्राप्त गर्नेमा सन्तकुमार श्रेष्ठ, खुशीराम चौधरी, यादप्रसाद श्रेष्ठ, नरबहादुर दाहाल, मुकुन्दबहादुर सार्की, शेषमणि चौधरी, भोजराज कार्की, विक्रम योङ्हाङ, धनबहादुर तामाङ, नुरेश्वर अधिकारी, देवजङ्ग शाह, ईश्वरबहादुर बस्नेत हुनुहुन्छ । यसैगरी, प्रकाश बस्नेत, कुलप्रसाद महतो, लोकनारायण श्रेष्ठ, पूर्णबहादुर ओली, रामचन्द्र गिरी, गुमानसिंह सुनार, अक्कलबहादुर तामाङ र नवीन राउतले पनि स्कूटर प्राप्त गर्नुभएको छ ।

विगतको द्वन्द्वमा दोहोरो भिडन्त तथा एम्बुसमा परी प्रायः उहाँहरुको खुट्टा नचल्ने तथा कम्मरमुनिको भाग नचल्ने अवस्थामा रहेको छ । निर्देशनालयले ती स्कुटरका लागि करिब रु २८ लाख खर्च भएको जनाएको छ । निर्देशनालयका सहायक रथी गौरव तण्डुलले कल्याणकारी योजनाले शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक काममा खर्च गर्ने गरेको बताउनुभयो । हाल सेनाको कल्याणकारी कोषमा रु २८ अर्ब ११ करोड रकम मौज्दात रहेको छ । रासस