१ कार्तिक २०८३, शनिबार

बैंकर श्रेष्ठ अन्तर्राष्ट्रिय अवार्डको सद्भावना दूत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

raveena-Deshraj-shrestha1

काठमाडौं, १२ असोज । मेगा बैंकका नायब महाप्रबन्धक रविना देशराज श्रेष्ठ एसियामै प्रतिष्ठित गोल्डेन फोनिक्स अवार्डको सद्भावना दूत (ब्राण्ड एम्बेस्डर) चयन हुनुभएको छ ।

एसिया एक्सिलेन्स इन्टरप्रेनुअर फेडेरेसनले उहाँलाई सद्भावना दूत नियुक्त गरेको हो । मलेसियाबाट हरेक बर्ष एसियाका उत्कृष्ट उद्यमी तथा पेशाकर्मीलाई विभिन्न अवार्ड दिँदै आएको फेडेरेशनले श्रेष्ठलाई नेपालबाट पहिलोपटक सद्भावना दूत नियुक्त गरेको हो । उहाँले गतबर्ष ‘२१ औँ शताब्दी गोल्डेन फोनिक्स अवार्ड’ जित्नु भएको थियो ।

अवार्ड पाएको एकबर्षमै सद्भावना दूत नियुक्त हुन पाउँदा निकै नै गर्व लागेको बैंकर श्रेष्ठले बताउनुभयो । नेपालका प्रतिभावान व्यक्तिहरुलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन र अवार्डमा प्रतिस्पर्धाका लागि आफूले भूमिका खेल्ने उहाँले बताउनुभयो । श्रेष्ठसँगै हङकङ, सिंगापुर, जापान, इन्डोनेशिया लगायतका देशका लागि फेडेरेशनले सद्भावना दूत नियुक्त गरेको छ ।

Raveena-Shrestha-Brand-Ambassdor

मेगा बैंक नेपाल लिमिटेडको नायब महाप्रबन्धक तथा चिफ बिजेनश अफिसर श्रेष्ठले गतबर्ष मलेसियाबाट गोल्डेन फोनिक्स अवार्ड र सिंगापुरबाट लेडी अफ एक्सिलेन्स अवार्ड जित्नुभएको थियो । भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गर्नुभएकी श्रेष्ठले स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरिसक्नुभएको छ । यसअघि पनि उहाँले बैंकिङ तथा सामाजिक क्षेत्रका थुप्रै पुरस्कार तथा सम्मान पाउनुभएको छ ।