२१ कार्तिक २०८३, शनिबार

‘चाँडो भन्दा चाँडो चिनियाँ नाका खुलाउन सरकार लागिपरेको छ’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ असोज । भारतले लगाएको अघोषित नाकाबन्दीको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनले आज कार्यबाहक परराष्ट्रमन्त्री खगराज अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) लगायतले मधेसलगायत देशभित्र देखा परेका विभिन्न असन्तुष्टिलाई वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् ।

Ktm-Nakabandiज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको अनुपस्थितिमा सो मन्त्रालयको पनि कार्यभार सम्हालिरहनु भएका स्वास्थ्यमन्त्री अधिकारीले अघोषित नाकाबन्दीले नेपाललाई मात्र घाटा नभएर भारतलाई समेत नोक्सान पुग्ने बताउनुभयो । उहाँले दुई देशको सम्बन्धलाई झन् घनिष्ट पार्न चाहेको स्पष्ट पार्नुभयो ।

मन्त्री अधिकारीले दसैँ, तिहार, छठलगायतका महत्वपूर्ण चाडहरु आउन लागेको भन्दै चाँडो चीनको नाका पनि खुलाउन सरकार लागिपरेको बताउनुभयो । उहाँले नेपालको समस्या भारतीय विदेशमन्त्रीसमक्ष राखिएकाले यो समस्या चाँडो हल हुने पनि विश्वास व्यक्त गर्नुभयो । रासस