
लुम्बिनी (रुपन्देही), १२ असोज । सोमबार दिउँसोदेखि बेलुकासम्म रुपन्देहीको सुनौली नाकाबाट सबै प्रकारका गाडीको प्रवेश दिएको भारतीय पक्षले आज बिहान भने पर्यटकका गाडी मात्रै नेपाल पठाएको छ ।
सोमबार बेलुकासम्ममा पेट्रोलियम, ग्यास, खाद्यान्न, टायल्स र फलफूलका गरी ६० वटाभन्दा बढी गाडी नेपाल प्रवेश गरेका थिए ।
सोमबार दिनभरमा २० भन्दा बढी पर्यटक सवार गाडी नेपाल आएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज बिहानदेखि पर्यटकका गाडीमात्रै नेपाल भित्रिरहेका छन् । बिहान ८ः४५ बजेसम्ममा एक दर्जनभन्दा बढी पर्यटक सवार गाडी नेपाल आएका छन् ।
दिउँसो मालबाहक गाडी नेपाल पठाउनका लागि भारतीय अधिकारीलाई अनुरोध गरिने बताइएको छ । सोमबार बेलहिया र भैरहवावासीको चर्को दबाब र सरकारी अधिकारीको पहलका कारण चार दिनदेखि ठप्प बेलहिया नाका केही खुकुलो भएको थियो । रासस















प्रतिक्रिया