काठमाडौं, १२ असोज । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान संशोधन एवम् मधेसीसँग भएको वार्ताका विषयमा समीक्षा गर्न प्रमुख तीन दलको बैठक बालुवाटारमा बस्दैछ ।
अहिले केही समयपछि बस्ने बैठकमा मधेसी मोर्चासँग वार्ता टोलीले गरेको परामर्श र मागका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
बैठकका लागि कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरू बालुवाटार जम्मा भइसकेका छन् ।















प्रतिक्रिया