२१ कार्तिक २०८३, शनिबार

कहाँ छन् सी.के., तुलानारायण, दीपेन्द्र, र प्रशान्तहरू ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्वभक्त दुलाल ‘आहुती’
विश्वभक्त दुलाल ‘आहुती’

काठमाडौं, १२ असोज । साहित्यकार एवम् एकीकृत माओवादीका नेता विश्वभक्त दुलाल ‘आहुती’ले मधेसका बौद्धिकवर्गसँग भारतको नाकाबन्दीविरुद्ध बोल्न अपील गर्नुभएको छ ।

आहुतीले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेर भारतले नेपालमाथि लगाएका अघोषित नाकाबन्दीविरुद्ध बोल्न मधेसी बुद्धिजीवीहरूसँग आग्रह गर्नुभएको हो ।

‘मधेसवादी नेताका आफ्ना राजनीतिक खेतीपाती होलान्, तर मधेस उत्पत्तिका बौद्धिकहरू सी.के. लाल, दीपेन्द्र झा, प्रशान्त झा, तुलानारायण साहहरूले भारतीय नाकाबन्दीविरुद्ध बोल्नुहोस् । यो जरुरी छ’, सन्देशमा आहुतीले भन्नुभएको छ ।

‘मधेसी र थारू जनताको पक्षमा कुनै पनि कुराको प्रवाह नगरी बोल्दैआएको व्यक्तिका हैसियतले म अपील गर्न चाहन्छु’, उहाँले भन्नुभएको छ, ‘कुनै पनि मूल्यमा मधेसी र थारू आन्दोलनसँग वार्ता गर !’

मधेसी बुद्धिजीवीहरूले भारतद्वारा गरिएको अघोषित नाकाबन्दीको समर्थन गर्न नहुने आहुतीको भनाइ छ । उहाँले यस्तो बेलामा सबै मिलेर राष्ट्रलाई एक जुट बनाइ जानुपर्ने बताउनुभएको छ ।

भारतीय नाकाबन्दीविरुद्ध मधेसी बुद्धिजीवीहरूले अहिलेसम्म विरोध गरेका छैनन् । उनीहरूले भारतको नाकाबन्दीको समर्थन गरेको आरोप छ ।