काठमाडौँ । नायक जीवन लुइँटेल अब कवि हुनुभएको छ ।
अभिनेता लुइँटेलको कवितासङ्ग्रह ‘नायक’को आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार वैरागी काइँला, गीतकार डा कृष्णहरि बराल, नायक राजेश हमाल, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, नायिका करिष्मा मानन्धरलगायतले संयुक्त रुपमा विमोचन गर्नुभयो ।
पैरवी बुक हाउसले प्रकाशन गरेको सङ्ग्रहमा राष्ट्रियता, नारी सम्मान, नायकत्व, शान्ति र जीवन आदिबारेका २५ कविता सङ्ग्रृहीत छन् । उहाँको ‘हिरो’ कविता नायक हमालले खेलेका चलचित्रमा आधारित छ ।
कार्यक्रममा साहित्यकार काइँलाले साहित्य सबै क्षेत्रका व्यक्ति अटाउने ‘सेल्टर’ रहेको बताउँदै लुइँटेलका कवितामा शुद्ध र परिपक्व भाषाशैली तथा चाहिँदा शब्द पाइएकामा सन्तुष्ट व्यक्त गर्नुभयो ।
नायक हमालले कवितामा धेरै क्षेत्रका मानिसको दृष्टिकोण पाइएको बताउनुभयो ।नायक लुइँटेलले आफूमा सानैदेखि ‘कवि मन’ रहेकाले त्यसको सदुपयोग गरेको बताउनुभयो । रासस















प्रतिक्रिया