२१ कार्तिक २०८३, शनिबार

भारतीय नाकाबन्दीविरुद्ध भीम रावलले भने- ‘अन्तर्राष्ट्रिय कानुनअनुसार विकल्प खोज्नुपर्छ’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-rawalकाठमाडौं, ११ असोज । नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नाकाबन्दी भइरहे अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक निकास खोज्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता रावलले भूकम्पले दुःख दिएको बेला सहयोग गर्नुको सट्टा झन् दुःख दिनु राम्रो नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयोे, “समुन्द्रको उपयोगको कानुनमा भूपरिवेष्ठित मुलुकलाई सहयोग गर्नुपर्ने मान्यता छ भारतलगायत देशहरुले सन् १९६६ मै सम्झौता गरेका छन् ।”

विश्व व्यापार सङ्गठनको सदस्य भएको मुलुकले पारवहनमा बन्देज लगाउन, सामान रोक्न नपाउने व्यवस्थाको साथै सार्क देशबीच भएको साफ्टा सम्झौता पनि परिवहनमा बन्देज नलगाउने व्यवस्था गरिएको नेता रावलले बताउनुभयो ।

संविधान निर्माणमा संविधानसभामा रहेका ६७ मधेसी, २१ थारु, १४ मुसलमानले संविधानको पक्षमा मतदान गरेको बताउँदै उहाँले दुई चार मधेसी नेताले मधेसको नाममा भ्रम छर्न खोजेको छ भन्नुभयो ।

मधेसका बहुसङ्ख्यक जनता संविधानको पक्षमा रहेकाले केही त्रुटि भए त्यसलाई सच्याउन आफूहरु तयार रहेको नेता रावलले बताउनुभयो । सातबुँदे सहमतिमा एमालेको नेतृत्वमा सहमतिको सरकार बनाउने विषयमा सहमति भइसकेको जिकिर गर्दै असोजभित्रै एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने ठोकुवा गर्नुभयो । रासस