१० कार्तिक २०८३, मंगलबार

दिपायल बिमानस्थल सञ्चालनको तयारी, दुई हप्ताभित्रै परीक्षण उडान गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विमल विष्ट
डोटी, ११ असोज । दिपायल बिमान स्थलवाट प्लेन उडाउने तयारी भईरहेको छ ।

नेकपा एमालेको तर्फवाट निर्वाचित सभासद प्रेमबहादुर आलेमगर सहितको टोलीले सोमवार दिपायल बिमानस्थलमा आयोजित कार्यक्रम पश्चात बिगत १० बर्ष देखि बन्द रहेको दिपायल बिमान स्थल पुन संचालनको तयारी भएको हो ।

सांसद आलेमगर संगै नेपाल नागरिक उड्ययन प्राधिकरणका सिनियर ईन्जिनियर बालकृष्ण रेग्मीले प्राबिधिक रुपमा बिमानस्थलका उपकरण तथा धावन मार्ग निरिक्षण पछि दुई हप्ता भित्रै दिपायलमा परिक्षण उडान गरिने बताउनु भयो । उहाँले भन्नुभयो ‘हामी जहाज उडाउन सकिने अवस्थाको बनाएर छोड्छौ, जहाज खोज्ने र निरन्तर सुचारु गराउने काम यहाँका स्थानिय र नेता ज्युहरुको नै हो ।’ उद्योग बाणिज्य संघ डोटीले दिपायल बिमानस्थल भित्रै आयोजना गरेको कार्यक्रममा अन्तरिम संसदका बिधायक प्रेमबहादुर आलेमगरले अवको ७ नम्वर संघिय राज्यको संघिय सदरमुकाम दिपायलमा माग गर्नु अगावै चाहिने पुर्वाधारहरु तयारी अवस्थामा रहनु पर्ने बताउनु भयो । बिधायक मगरले भन्नु भयो – ‘दिपायल सुदूरपश्चिमको केन्द्रमा छ, अबको संघिय राजधानी दिपायलनै हुनेछ र त्यसका लागि दिपायल बिमानस्थल संचालन हुनु पर्छ ।’

यसै आर्थिक बर्ष भित्रै खर्च गर्ने गरि दिपायल बिमानस्थल सुचारु गर्न २ करोड ५० लाख बिनियोजन गरिएको छ । कार्यक्रममा बिधायक मगरले बिमानस्थल संचालन गर्ने क्रममा स्थानिय बासीको महत्वपुर्ण भुमिका हुने बताउनु हुदै स्थानिय बासिन्दाले छाती ठुलो बनाएर बिमानस्थल संचालनका लागि केही अपुग मात्रामा रहेको जग्गा दिनु पर्ने बताउनु भयो ।

dotiदिपायल बिमानस्थल देशको सबैभन्दा सानो बिमानस्थलहरुमा पर्ने भएका कारण सहज रुपमा बिमास्थल सुचारु गर्न जग्गा अधिग्रहण गर्नु पर्ने बताईएको छ । दिपायल बिमान स्थल सुचारु हुने भएपछि यहाँका स्थानियबासि निकै खुसि भएका छन् ।कार्यक्रममा नेपाली कांग्रेसका कार्यबाहक सभापती रामप्रसाद उपाध्यायले दिर्घकालिन रुपमा बिमानस्थल सुचारु गर्न पहल गर्नु पर्ने बताउनु भयो । सोही कार्यक्रममा नेकपा एमालेका नारद मलासीले बिमानस्थल सुचारु भए पर्यटन बिकाममा टेवा पुग्ने बताउनु हुदै, बिमानस्थल सुचारु गर्ने बिषयमा सबैले साथ दिनु पर्ने बताउनु भयो ।

उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खडकाको सभापतित्वमा सो कार्यक्रम सञ्चालन भएको थियो । सभापतिको आसन बाटै बोल्दै अध्यक्ष खड्काले यहाँका पर्यटकिए, उद्योग, बयापार लगायतको आर्थिक बिकासका लागि डोटी बिमान स्थलको अतिनै खाचो भएकाले जसरी भएपनि बिमान स्थल सुचारु हुनु पर्ने बताउनु भयो । कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा,स्थानिय बिकास अधिकारी लगायत बिभिन्न सरकारी कार्यालयका कर्मचारीको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन उद्योग बाण्ज्यि संघका महासचिव प्रेम भण्डारीले गर्नु भएको थियो ।