मुम्बई । बलिउड अभिनेत्री सन्नी लियोनी अहिले चर्चामा छिन् ।
बलिउडका ‘पर्फेक्टनिष्ट’ अभिनेता आमिर खानका कारण सन्नी चर्चामा आएकी हुन् । ‘आमिर शरारत’ विज्ञापनमा निकै मोटा दखिएका आमिर खानको कपडा देखेर सन्नी लियोनीले गजबको प्रतिक्रिया दिएकी छिन् ।
आमिरको यो विज्ञापन हेरेर बेबी डल सन्नीले आमिरलाई आफ्नो मायाको उपहार ट्विटरबाट सार्वजनिक गरेकी छिन् । सन्नीले ट्वीट गर्दै लेखेकी छिन्- ‘आमिर मैले विज्ञापनमा तपाईलाई देखे । तपाई धेरै मोटो हुनुहुन्छ तर, अझै पनि हट देखिनुहुन्छ । आई लभ यू’ भन्दै सन्नीले किस गर्न प्रयोग गरिने स्माइली पनि दिएकी छिन् ।
सन्नीले सार्वजनिक रुपमै आइ लभ यू भनेपछि अब आमिर खानले सन्नी लियोनी ट्वीटमा जवाफ फर्काएका छन् । सन्नीको यो ट्वीटको जवाफमा आमिरले लेखेका छन्-तपाईलाई धन्यावाद सन्नी लियोनी । तिमी धेरै नेक छौं ।’















प्रतिक्रिया