२१ कार्तिक २०८३, शनिबार

कार्यकर्तालाई निःशुल्क भात खुवाउन मधेसी मोर्चाको उर्दी, चामल माग्न सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madheshi-Morchaवीरगञ्ज, ११ असोज । विगत ४५ दिनको लगातारको बन्द र नाकाबन्दीले पहाडमा भन्दा पनि तराई मधेसका जिल्लामा समस्या भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पछिल्लो विज्ञप्तिले देखाएको छ ।

संयुक्त लोकतान्त्रि मधेसी मोर्चा पर्साले आइतबार जारी गरेको प्रेश विज्ञप्तिअनुसार तराई मधेसका जिल्लामा नाकाबन्दी र आमहड्तालले सबैभन्दा धेरै प्रताडित तराईका जनता भएको देखिएको हो ।

मधेसको आन्दोलनले गरिव जनताले खान नपाइ भोकै रात कटाउनु परेको छ ।

मधेसी मोर्चाले निःशुल्क सिविर सञ्चालन गरेर आफ्ना समर्थकलाई भारत खुवाउन अपील गरेको छ ।

‘मधेसको आन्दोलन निर्णयक लडाइँमा पुगीसकेकोले दिनमा काम गरि खानेहरूको अवस्थालाइ मध्यजनर गरी राहत सिविर सञ्चालन गर्न नागरिक समाज, व्यापारी, बुद्धीजीवीमा हार्दिक अनुरोध गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

मधेसी मोर्चाको ४५ दिनको आमहड्ताल, बन्दी, तीन हप्ताको कर्फ्यु र पाँच दिनदेखिको नाकाबन्दीले दैनिक ज्यालादारी गरी खाने मजदुर बर्ग सबैभन्दा धेरै प्रताडित भएको छ ।

‘मुक्तिको लागि भइरहेको आन्दोलनको अन्तिम चरणमा दुस्मनको पनि कमर भाच्नै लागेको सर्वविदितै रहेको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘हामीलाई एक मुठी चामल भए पनि पुग्छ’ भन्ने नाराका साथ राहत सिविर सञ्चलन गरी निःशुल्क खानाको व्यवस्था गर्न सम्पूर्ण मधेसी पर्सावासीलाई उर्दी जारी गरिएको हो ।