२१ कार्तिक २०८३, शनिबार

नेपाली सुरक्षाकर्मीद्वारा भारतीयलाई कडा जवाफ, भारतीय पत्रकारहरूलाई नाकाबन्दी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-Patrakar-aकाठमाडौं, ११ असोज । मधेसी मोर्चाको आन्दोलनमा समर्थन जनाउँदै भारतले नेपालविरुद्ध अघोषित रुपमा आर्थिक नाकाबन्दी लगाएपछि नेपाली जनताले सास्ती बेहोरीरेका बेला नेपाल आउन खोजेका भारतीय पत्रकारहरूलाई नेपाली सुरक्षाकर्मीहरूले बोडरमै रोकी दिएका छन् ।

विराटनरको रानीभन्साबाट  आइतबार नेपाल प्रवेश गर्न खोजको दुई दर्जन भारतीय पत्रकारहरूलाई नेपाली सुरक्षाकर्मीले माथिको आदेश भन्दै रोकिदिएका हुन् ।

नेपालविरुद्ध भारतले नाकाबन्दी लगाइ रहेका बेला भारतीय सञ्चारमाध्यमका पत्रकारहरूलाई पनि नेपालमा नाकाबन्दी लगाएर नेपाली सुरक्षाकर्मीले सराहनीय कार्य गरेको भन्दै विराटनगरका स्थानीयले खुसी व्यक्त गरेका छन् ।

नेपाल प्रवेश गर्न नपाएपछि भारतीय पत्रकारहरूले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेर नेपाल प्रवेशको वातावरण मिलाइ दिन आग्रह गरेका थिए ।

यादवले पूर्वाञ्चल प्रहरी प्रमुख डिआइजी मधवराज जोशीलाई फोन गरेर भारतीय पत्रकारहरूलाई नाकाबन्दी नगर्न आग्रह गरेको स्रोतले जनाएको छ । तर डिआइजी जोशीले माथिका आदेश भन्दै ती भारतीय पत्रकारहरूलाई नेपाल प्रवेश गर्नु दिएका थिएनन् ।

भारतको जीन्यूज, आजतक, इन्डिया टेलिभिजन, एनडी टेलिभिजन, इटिभि बिहार, हिन्दुस्तान टाइम्सलगायत पत्रकारहरूले प्रत्यक्ष प्रसारणका लागि ओभी भ्यानसहित विराटनगर प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीहरुले रोकेका थिए ।

भारतीय पत्रकारहरूले लौ न हामी त दुई दिन लाएर दिल्ली र पट्नाबाट आएको भने पनि नेपाली सुरक्षाकर्मीले माथिको आदेश भन्दै उनीहरूलाई नेपाल छिर्न दिइएनन् ।Indian-Patrakar

आफ्नो देशका पत्रकारलाई नेपाल प्रवेशमा रोक लगाएपछि भारतीय जिल्ला अरररियाका डिएम हिमांशु शर्मा र भारतीय प्रहरीका एसपी सुधिरकुमार पोरीका तत्काल नाकामा आइपुगे । कुरा बुझे । र लुरुक्क फर्किए ।

भारतीय पत्रकारलाई नाकाबन्दी लगाएका विषयमा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले वैद्यनाथ यादवलाई भन्नुभयो, ‘नेपालको आन्तरिक मामिलामा भारतीय सञ्चारमाध्यमले गलत समाचार सम्प्रेशण गर्ने गरेका कारण सजकता अपनाएको हो । आउनै परे सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको सूचना विभागबाट अनुमति लिएर प्रवेश गर्न पाइन्छ ।’