१ कार्तिक २०८३, शनिबार

नेपाली राजदूत भन्छन्, ‘मोदीले नबोल्दासम्म नाकाबन्दी खुल्दैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deepkumar-Upaddhaya

नेपालमाथि नाकाबन्दी लगाएकोमा आपत्ति जनाउनु भएका नेपाली राजदूत उपाध्याउले भन्नुभयो, ‘हाम्रो कारणले नाकाबन्दी लागेको होइन । हामी शान्ति सुरक्षा दिन सक्षम छौँ । हामीले शान्ति सुरक्षा दिन नसक्ने भएपछि मात्रै हाम्रो गल्ती हुन्थ्यो । तर हाम्रो गल्ती छैन । उतैबाट मालबाहक सवारी साधन छाडिएको छैन । रोकिएको छ ।’ भारतसँग अहिले देखिएको समस्याको निराकरण कुटनीतिक रुपमा खोज्नु पर्ने बताउनुभएका उपाध्यायले भन्नुभयो, ‘कसले अर्घेलो गर्‍यो इतिहासले खोज्नेछ । हाम्रै आफ्ना नेता र दलको पनि दोष छ ।’ उहाँले नेपाली पक्ष समस्याको समाधानका लागि इमान्दार भएर लागेको बताउनुभयो ।