बारा, १० असोज । प्रशासनले तोकेको धरौटी नतिरेपछि तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जितेन्द्र सोनल र जिल्ला अध्यक्ष नवलकिशोर सिंह जेल चलान भएका छन् ।
आन्दोलनका क्रममा पक्राउ परेका उनीहरुलाई सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा लगाएर आईतबार बीरगञ्ज कारागार चलान गरिएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताए ।
मधेसी मोर्चाको आन्दोलनको क्रममा तोडफोड गर्दै हिडेका सोनललाई प्रहरीले भदौ २९ गते जिल्लाको नितनपुरबाट पक्राउ गरी हिरासतमा राखेको थियो । आइतबार प्रशासनले तोकेको १ लाख ४९ हजार ३७५ रुपैयाँ धरौटी नतिरेपछि उनीहरुलाई कारागार चलान गरिएको हो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले वीरगञ्ज कारागार पु¥याएको छ ।












प्रतिक्रिया