१ कार्तिक २०८३, शनिबार

ऊर्जा क्षेत्र सुधारका लागि दुई अर्ब बढी ऋण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

World-Bank-logo1काठमाडौँ, १० असोज । विश्व बैंकले ऊर्जा क्षेत्र सुधार तथा दिगो जलविद्युत् विकास परियोजना कार्यान्वयनका लागि सरकारलाई करिब रु दुई अर्ब १४ करोड ऋण सहयोग गर्ने भएको छ ।

ऊर्जा क्षेत्रसँग सम्बन्धित संस्थाहरूको क्षमता विस्तार, जलविद्युत् उत्पादन तथा प्रसारण लाइनलगायत कामका निम्ति बैंकले आज ऋण सहायता स्वीकृत गरेको हो ।

नेपाल सरकारले प्राथमिकता निर्धारण गरेका माथिल्लो अरुण र इखुवाखोला जलविद्युत् आयोजनाजस्ता सार्वजनिक लगानीका परियोजनामा ऋण रकम उपयोग हुने वासिङ्गटनडिसीस्थित बैंकको प्रधानकार्यालले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । रासस