काठमाडौँ, १० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाबाट संविधान बन्नुलाई संयुक्त राष्ट्र सङ्घलगायत विश्व समुदायले ऐतिहासिक मानेका बेला छिमेकीको किन चित्त दुख्यो ? बुझ्न नसकेको बताउनुभएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा उहाँले छिमेकी भारततिर लक्षित गर्दै भन्नुभयो– “संविधान हामीले हाम्रै लागि बनायौँ, कसैको विरुद्धमा बनाएका हैनौँ, तर किन हाम्रो मित्र चित्त दुखाउँछ थाहा छैन ।”
सोही कार्यक्रममा टीका भण्डारीद्वारा सङ्गीतबद्ध, इन्द्रनारायण चोङ्वाङको शब्द, रचना तथा गायकद्वय प्रमोद खरेल र शिव परियारको स्वर रहेको राष्ट्रभक्तियुक्त गीतले भरिएको गीति सङ्ग्रह ‘माटो’को लोकार्पण गर्दै अध्यक्ष ओलीले देश अप्ठ्यारोमा परेकाबेला देशभक्तिले भरिएको गीतिसङ्ग्रह निस्कनु संयोगमात्र नभएको धारणा राख्नुभयो । रासस












प्रतिक्रिया