काठमाडौं, १० असोज । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालमा बनेको संविधान विश्वमै उत्कृष्ठ भएको बताउनुभएको छ ।
विश्व पर्यटन दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले विश्वमा कहीँ पनि सर्वसम्मत संविधान जारी नभएको उल्लेख गर्दै नेपाली जनताको आवश्यकताअनुसार संशोधन हुने किसिमको नेपालको संविधान जारी भएको दाबी गर्नुभयो ।
संविधानको विषयमा ठीक ढङ्गले नबुझेकाले संविधानको विरोधमा आन्दोलन भइरहेको भन्दै उहाँले भन्नुभयो– ‘आन्दोलनका नाजायज मागलाई कुनै पनि हालतमा मान्न सकिँदैन ।’












प्रतिक्रिया