२१ कार्तिक २०८३, शनिबार

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अमेरिकामा प्रदर्शन, अन्तर्राष्ट्रिय समुदायको चाँसो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra_Modiकाठमाडौं, १० असोज । नेपालमा जारी भएको संविधानमा असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्दी गरेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अमेरिकामा प्रदर्शन भएको छ ।

सयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका भारतीय प्रधानमन्त्री मोदीविरुद्ध शनिबार प्रदर्शन भएको हो । संयुक्त राष्ट्र संघ (यूएन)मा सताब्दी विकासबारे मोदी बोलिरहेका बेला बाहिर भेला भएका भारतीय पटेल समुदायका समर्थक र सिख समाजका सदस्यहरुले आफ्नो मागलाई लिएर प्रदर्शन गरेका हुन् ।

मोदी बोलिरहेको समयमा करिब २०० भन्दा बढीको संख्यामा रहेका सिख समुदाय र पटेल समुदायका नागरिकले मोदी विरोधी र भारत विरोधी नाराबाजी गरेका थिए ।

सिख फर जस्टिस (एसएफजे) संस्थाको ब्यानरमा सिखहरुले अलग खलिस्तानका लागि जनमत संग्रहको मांग राख्दै मोदीविरुद्ध अमेरिकामा प्रदर्शन गरेका हुन् भने, पटेल समुदायका समर्थकहरुले गुजरातमा आफ्नो जातिमाथि भएको अत्याचारविरुद्ध अमेरिकामा आवाज उठाएका हुन् ।

एसएफजे नेता बक्षीस सिंह सन्धुले भनेका छन् कि भारतमा ईसाइ, सिख र मुस्लिमविरुद्ध धेरै हिंसा हुने गरेको छ । उनले २०२० मा अलग खलिस्तानका लागि जनमंत संग्रहको माग गरेका थिए ।

AppleMark

उता, पटेल समुदायका समर्थकहरुको नेतृत्व गरिरहेका अनिल पटेलले गुजरातमा पटेल समुदायका चार हजार भन्दा बढी युवाहरुलाई पुलिस हिरासतमा राखिएको दाबी गरेका छन् । उनले निर्दोष पटेल समुदायका नागरिकमाथि गुजरातमा मोदीको निर्देशनमा अत्याचार गरिएको बताए ।

उनीहरुले दिनभरी मोदी र भारतविरुद्ध संयुक्त राष्ट्रसंघ भवन अगाडि नाराबाजी गरेका थिए । मोदीविरुद्ध भएको प्रदर्शनलाई अन्तर्राष्ट्रिय समुदायले चाँसोका साथग हेरिरहेका छन् । साथै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मोदीविरुद्ध भएको प्रदर्शन र नेपालमा लगाएको अघोषित नाकाबन्दीबारे चाँसो दिइरहेका छन् ।

उसो त अमेरिकामा रहेका मोदी देशको झण्डा गरेको अभियोगमा आफ्नै देशमा पनि आलोचित भइरहेका छन् । भारत र अमेरिकामा आलोचना विरोध खेपेका मोदीले नेपालमा गालि पनि खाएका छन् ।

नेपालका उनका समर्थक अहिले मूख्य दुश्मन बनेका छन् । संविधानमा असन्तुष्टि जनाउँदै नेपालमा अघोषित नाकाबन्दी लगाएपछि मोदीको नेपालीहरुले आलोचना र विरोध गरिरहेका छन् ।