१ कार्तिक २०८३, शनिबार

पश्चिमी नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्या बर्सेनि घट्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Touristकञ्चनपुर, १० असोज । पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या घटेको छ । सन् २००९ पछिका छ वर्षमा पश्चिमी नाकाबाट आउने पर्यटकको सङ्ख्यामा कमी आएको हो ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार सन् २००९ मा दुई हजार ३४, सन्, २०१० मा एक हजार ३९६, सन् २०११ मा एक हजार ६४०, सन् २०१२ मा एक हजार ६०८, सन्, २०१३ मा एक हजार ७३९, सन् २०१४ मा एक हजार २१० र सन् २०१५ को हालसम्म एक हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

यसैगरी, गड्डाचौकी नाका भएर सन्, २००९ मा एक हजार ५५०, सन् २०१० मा एक हजार १३९, सन् २०११ मा एक हजार ३२४, सन् २०१२ मा एक हजार २१, सन् २०१३ मा एक हजार ६२०, २०१४ मा एक हजार ५३७ र सन् २०१५ को हालसम्म एक हजार २९३ पर्यटक स्वदेश फर्किएका छन् ।

कार्यालयका अद्यागमन सहायक शेखरनाथ ओझाले सन् २००९ मा नेपाल भ्रमण वर्ष परेकाले पर्यटकको सङ्ख्या बढी भए पनि त्यसपछिका वर्षमा समान्यरुपमा थपघट भएको बताउनुभयो ।

गड्डाचौकीबाट नेपाल आउनेमा सबैभन्दा बढी अस्ट्रेलिया र फर्किनेमा इजरायलका छन् । यसैगरी अमेरिका, फ्रान्स, बेलायत, इटाली, स्पेन, क्यानडा, रुसलगायत मुलुकका पर्यटक गड्डाचौकी नाकाबाट आउने गरेका छन् ।

उनीहरु पोखरा, काठमाडौँ बर्दिया घुम्न आउने गरेका छन् । पछिल्लो समय केहीले शुक्लाफाँटा वन्यजन्तु आरक्ष घुम्नका लागिसमेत आउन थालेको उहाँले बताउनुभयो । रासस