३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा नेताको चाकडी गर्न जितु नेपाल तथा बद्रि पंगेनीको कार्यक्रमलाई किनारा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा
वाशिंगटन डिसी । अमेरिकामा रहेका नेपालका ख्याती प्राप्त हाँस्य कलाकार जितु नेपाल( मुन्द्रे )लोक दोहोरी गायक/गायिका बद्री पगेनी,शिला आले, प्रसिद्ध हास्य कलाकार तथा नृत्यांगना निर्मला खड्का (निरु)हरुको २०७२ दशैँ तथा तिहार कार्यक्रम सयुक्त राष्ट्र संघमा भाग लिन अमेरिका आएका नेताको चाकडी गर्नको कारण न्युयोर्कमा पुर्व निर्धारित कार्यक्रमलाई अचानक किनारा लगाईएको छ l 
 
नेपाल अमेरिका पत्रकार संघले न्युयोर्कमा सेप्टेम्बर २७ तारिखमा राखिएको उक्त कार्यक्रमलाई रद्ध गरिएको छ भने डिसी महानगर क्षेत्रको भर्जिनियामा भएको कार्यक्रम अत्यन्तै सफलता पुर्वक सम्पन्न भएको थियो l
 
उक्त कार्यक्रमको लागि विश्व कै सम्राट राज्यमा पुर्व निर्धारित कार्यक्रममा प्रस्तुति देखाउने अभिलाषा साथ पल पल प्रतीक्षामा रहेका सम्पूर्ण कलाकारहरु आफु बेईज्जत भएको महसुस भएको ठान्दै सामाजिक संजाल फेसबुक (अनुहार किताब )मार्फत साचो यथार्थता कलाकार जितु नेपाल( मुन्द्रे) ले लेखेका छन् l
 
महिनौ अगाडी तय भयको कार्यक्रमलाई रद्ध गरि नेपालबाट आएका उप प्र.म र मन्त्रिको भाषण सुन्ने र चॉकडी गर्ने कार्यक्रम राखिएको कारणले यसो भएकोमा दुख ब्यक्त मुन्द्रेले गरेका छन् l
 
neja nightअमेरिका जस्तो देशमा पनि राजनिती र नेताको प्रभाव देख्दा छक्क परेको गुनासो पोखेका छन् l झनै खुली लाग्यो धेरैका जिवन सैली परीवर्तन भए पनी बिचार परीवर्तन नभएको देख्दा चकित परेको सामाजिक संजालमा उल्लेख गरेका छन् l
 
नेपाल अमेरिका पत्रकार संघका पदाधिकारीलाई ध्यानाकर्षण गर्दै ६ दिन कुरेर बल्ल आउने आइतबारमा पनि यसरी कार्यक्रम गर्न नपाउदा कलाकारलाई कस्तो अनुभूति भएको होला भनि एउटै प्रश्न गरेका छन् l यही हो कला र कलाकारको सम्मान भनि दुख ब्यक्त गरेका छन् l