काठमाडौं, ९ असोज । शनिबार काठमाण्डौ पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा बाह्रपन्थी नाथ योगी समाजको केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ ।
केन्द्रिय समितिका पदाधिकारी लगायत सल्लाहकार र सदस्यको उपस्थितिमा नेपालको संबिधान २०७२ लाई समिक्षा गर्दै संबिधान आउनु सकारात्मक भए पनि संबिधान बाह्रपन्थी नाथ योगीका बिषयमा स्पस्टता नभएकोले तत्काल सरकार र ३ दल संग बार्ता गर्नका लागि समाजका अध्यक्ष डा. काबिर नाथ योगीको अध्यक्षमा ५ सदस्यीय बार्ता समिति गठन गरेको छ ।
सदस्यहरुमा डा. चिन्तामणी योगी, डा. टिएन योगी, अशोक नाथ योगी र घनश्याम योगी सहितको समिति बनाएर संबिधानमा संशोधनको बिषय बस्तु तयार गर्नका मस्यौदा समितिका संयोजक अशोक नाथ योगीलाई जिम्मेवारी दिईएको छ ।
बिगत देखिको आन्दोलन र निरन्तरको नेताहरुसंगको बार्तामा सकारात्मक देखिएता पनि अन्तमा आएर धोका दिएको निश्कर्ष निकाल्दै बैठकले संविधानमा अधिकार सुनिश्चितताका लागि वार्ता समिति गठन गरेको हो ।
‘एकातिरको जातिय आन्दोलन र धर्म निरपेक्षता र सापेक्षता लगायतका सवाल र बिदेशी दबाफका कारण तिन दल अत्तालिएर सानोतिनो बिषयमा ध्यान नदिएर पहिचान बिहिन बनाएकोमा पुन एक पटक सबै नेता प्रधानमन्त्री, राष्टपति लगायतलाई स्मरण गराउने संशोधनका लागि पहल गराउने नमाने र अटेर गरेमा चर्को आन्दोलनका साथ अन्तराष्टि«य अदालतमा मुद्धा दाहेर गर्ने र संयुक्त राष्ट्रसंघसंग अपिल गर्ने निश्कर्ष निकालिएको युएनको रिपोर्टमा अल्पसंखयकको मान्यता दिइएको ऐतिहाँसिक पृष्ठभुमी र परम्पार बोकेको नाथ सम्प्रदायको पहिचानको लागि १०९० देखिको ईतिहाँस र गुठी र रैकरको ब्यबस्थालाई समेत ब्यवस्था गर्दे नाथ सम्प्रदायकै पहिचान मेटाउने मनसाय देखिएकोले शान्तिपुर्ण माध्याम बाट बार्ताको पहलबाट माग पुरा गराउन ५ सदस्यीय बार्ता समिति गठन गरिएको छ ।’ समितिद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
सरकारसंग राज्य र प्रदेश मागेको होइन पहिचान र सहअस्थित्व मागेको समितिले जनाएको छ । ‘अन्य पक्षका आन्दोलन र असन्तुष्टीसंग नाथ सम्प्रदायको माग र असन्तुष्टि लाई जोडेर बेवास्ता गरेमा सराप लाग्नेछ र अनिष्ठको सुरुवात हुने पनि बाह्रपन्थी नाथ योगी समाज अग्रिम रुपमा सजग गराउन र पुर्ब जानकारी गराउन चाहन्छ,’ विज्ञप्तीमा भनिएको छ– ‘कुन्ड कुन्डमा बल्ने धुपबत्ति सहितको मुन्ड मुन्डको सराप सहितको दैबिकशक्ति सहितको मौन आन्दोलन र सरापको मुल्य चुकाउन राज्यलाई कठिन हुनेछ ।’
















प्रतिक्रिया