२१ कार्तिक २०८३, शनिबार

पार्टी छाड्नु अगाडि फोनसम्पर्क गरेर कसलाई सोधेका थिए बाबुरामले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattaraiकाठमाडौं, ९ असोज । एकीकृत नेकपा माओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई शनिबार पत्रकार सम्मेलनमा एक्लै थिए ।

काठमाडौंको इन्द्रेणी कम्पलेक्समा आयोजित पत्रकार सम्मेलनमा एक्लै देखिएका बाबुरामले आफ्ना पक्षका कुनै नेतालाई पनि पार्टी परित्याग गर्न लागेको कुरा जानकारी गराएका थिएनन् । मात्र एक जना नेता बाहेक ।

भट्टराई पक्षधर मानिने एमाओवादी नेता टोपबहादुर रायमाझीलाई बाबुरामले पार्टी परित्यागको घोषणा गर्न लागेको कुरा १५ मिनेट अगाडि मात्रै जानकारी गराएका थिए । भट्टराई पक्षधर नेता रायमाझीले भने- ‘बाबुरामजीले मलाई कार्यक्रम शुरु हुनुभन्दा १५ मिनेट अघि मात्र फोन गरेर जानकारी गराउनुभयो । वहाँले फोन गर्दै के गरौं भन्नुभयो । मैले किन पहिले जानकारी गराउनुभएन भनेर सोध्दा तपाईंहरुले रोक्नुहुन्छ भनेर मैले नभनेको हुँ । मैले अगाडि भनेको भए त तपाईंहरु मलाई परित्याग गर्नु दिनुहुँदैन भन्ने थाहा थियो ।’