काठमाडौं, ९ असोज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेपछि चौतर्फी टिकाटिप्पणी सुरु भएको छ ।
धेरैले बाबुरामको आलोचना गरिरहेका छन् भने केहीले बाबुरामले राजीनामा दिएर ठिक निर्णय लिएको बताएका छन् । यही क्रममा एमाओवादी पार्टीले भने बाबुरामले गम्भीर र आत्मघाति निर्णय गरेको जनाएको छ ।
एमाओवादी प्रवक्ता तथा महासचिव कृष्णबहादुर महराले दैनिक नेपालसँग भने-‘यो आत्मघाति र कायरतापूर्ण कदम हो भन्ने पार्टीले बुझेको छ । अहिलेको समयमा पार्टी छाडेर बाबुरामले ठूलो गल्ति गरे ।’
कम्युनिष्ट पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिनु आन्दोलनबाटै गम्भीर पलायन भएको महासचिव महराको टिप्पणी छ । ‘उहाँले जून कदम चाल्नुभो, यसबाट उहाँलाई नै घाटा हुन्छ, । यो पार्टी, जनता र बाबुरामकै अहितमा गरिएको निर्णय हो ।’
बाबुरामले पार्टी परित्याग गर्दा तत्कालमा चर्चा पाएपनि यसले पार्टीमा कुनै गम्भीर असर नपर्ने महराको दाबी छ । शनिबार दिउँसो पत्रकार सम्मेलन गरी बाबुरामले पार्टी परित्याग तथा संसद सदस्यबाट राजीनामा दिएको घोषणा गरेका थिए ।












प्रतिक्रिया