अघिल्लो संविधान सभा विघठन गर्ने, दोस्रो संविधानसभामा संवैधानिक तथा राजनीतिक सहमति तथा सम्वाद समितिको सभापति हुने, संविधानको विवादित विषयमा सहमति जुटाउने, पछिल्लो समयमा आएर आफैले समथर्न नगर्ने व्यवहारले बाबुरामको दोधार चरित्रको सबैले आलोचना गरेका थिए । उहाँले मधेसी नेताहरू र भारतकै शैली नेपालको संविधान २०७२ को पनि विरोध गर्दै आउनुभएको छ । एकीकृत माओवादीका केन्द्रीय नेता तथा भट्टराईका भक्तहरू टोपबहादुर रायमाझी, देबेन्द्र पौडेल, प्रभु साहआदि नेताहरू पत्रकार सम्मेलनमा देखिएनन् । तर उनीहरूलाई बाबुरामले पत्रकार सम्मेलन गर्न लागेको थाहा नभएर नआएको बताइएको छ । नेता टोपबहादुर रायमाझीले आफूहरूलाई बाबुरामले पत्रकार सम्मेलन र पार्टी परित्याग गर्न लागेको विषयमा कुनै जानकारी नदिएको बताउनुभएको छ ।
















प्रतिक्रिया