
महेन्द्रनगर, ९ असोज । भारतले गरेको नाकाबन्दीलाई लिएर सरकारले नै अन्तराष्ट्रिय मुद्दा बनाउने तयारी गर्दै गर्दा कृष्णपुर र देखतभुलीका स्थानिय युवाहरुले ट्विटरदेखि सडक सम्मको ‘व्याक अफ इन्डिया’को अभियान चलाएका छन् ।
शनिबार गुलरियामा पूर्वपश्चिम राजमार्गमा चलीरहेका बसहरुका यात्रुहरुलाई भारतले गरेको नाकाबन्दिको बारेमा एकजुट हुन अपिल गरेका छन् । कृष्णपुर र देखतभुलीका स्थानिय युवाहरुले टुविटरदेखि सडक सम्म भारतफर्क अर्थात ‘व्याक अफ इन्डिया’को नारा दिदै अभियान चलाई रहेका छन् ।
गुलरियामा भएको कार्यक्रमका एक अगुवा युवा अभियानकर्ता अर्जुन साउदका अनुसार स्वाभिमानी नेपाली माथिको भारतले गरेको निन्दनीय कार्यको विरोधमा ट्विटरमा करोडौ समर्थक भएको र गुलरियाको सडकमा सयौ युवाहरु आएको दावी गर्नुभयो ।
अभियानको स्थानीय सुरेन्द्र बोहरा, दीपक खत्री, हिक्मत शाही र अर्जुन साउदले वाणीमा अगुवाई गरिरहेका छन् । ‘भारतीय विस्तारवाद मुर्दावाद,’ नेपाल माथिको नाङ्गो हस्तक्षेप बन्द गर’ जस्ता नाराबोकेका प्लेकार्डहरु सहित सडकमा यात्रा गरिरहेका यात्रुहरुलाई ‘व्याक अफ इन्डिया’ अभियानका युवाहरुले सचेत गराउदै एकजुट हुन अपिल गरिरहेका छन् ।
‘सम्पुर्ण नेपाली युवाहरु एक होऔ, राष्ट्र र रष्ट्रियताको रक्षा गरौ ।’भन्ने नारा बोकीएका ‘प्ले कार्ड’हरु बोकेका युवाहरुले अभियानलाई तिव्रता दिने बताएका छन् ।




















प्रतिक्रिया