काठमाडौं, ९ असोज । काठमाडौं महानगरपालिका–३५ जडीवुटी चोकमा शुक्रबार आफ्नै श्रीमती कुटपिट गर्ने ज्ञानबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
ज्ञानबहादुरलाई प्रहरीले महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा ल्याउने क्रममा हतकडी लगाएको हातले प्रहरी जवान भक्तवहादुर गुरुङको टाउकोमा हिर्काउदा घाइते भएकोले उपचारको लागि निजामती अस्पताल पठाइएकोमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।
अभियुक्त श्रेष्ठलाई हिरासतमा राखेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया