२१ कार्तिक २०८३, शनिबार

बाबुराम भट्टराईद्धारा एमाओवादी छाडेको घोषणा, संसद सदस्यबाट पनि राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एकीकृत नेकपा माओवादी पार्टी परित्यागको घोषणा गरेका छन् ।

शनिबार दिउँसो राजधानीमा पत्रकार सम्मेलन गरेर भट्टराईले औपचारिक रुपमा एमाओवादी पार्टी छाडेको घोषणा गरेका हुन् । बाबुरामले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी अध्यक्ष प्रचण्डलाई गराएका छन् ।

BABURAM-BHATTARAIनयाँ संविधानमा मधेस र जनजातिलाई नसमेटेपछि मधेस आन्दोलनको नेतृत्व लिन बाबुरामले पार्टी छाडेका हुन् । यससँगै बाबुराम भट्टाराई र पुष्पकमल दाहाल प्रचण्डको तीन दशक लामो राजनीतिक सहकार्य तोडिएको छ । अब बाबुराम मधेस आन्दोलनको नेतृत्व लिने तयारीमा छन् ।

यस्तै, बाबुरामले संसद सदस्यबाट पनि राजीनामा दिएको घोषणा गरेका छन् । गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले राजीनामा पत्र सभामुखलाई बुझाइसकेका छन् ।