१० कार्तिक २०८३, मंगलबार

संविधानबारे मधेसमा भ्रम फिँजाइएको छ : नेता शाह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shree-prasad-sahaबर्दिवास, ९ असोज । नेकपा (एमाले)का केन्द्रीय सदस्य श्रीप्रसाद साहले मधेसमा अहिलेको गतिरोध चाँडै साम्य हुने बताउनुभएको छ ।

महोत्तरीको बर्र्दिवासमा एमाले बर्र्दिबास नगर कमिटीले आज आयोजना गरेको ‘वर्तमान अवस्थामा मधेसको सम्बोधन’ विषयको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले संविधानमा सम्बोधन भएका विषय जनताले थाहा नपाएकाले बन्द र हडतालले मलजल पाएको विचार राख्नुभयो ।

अङ्गीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने कुरा सीमामा नाकाबन्दी गरेर कुनै हालतमा पूरा नहुने साहले स्पष्ट पार्नुभयो । “मधेसका केही विषय छन्, जसको सम्बोधन हुन बाँकी छ”, साहले भन्नुभयो– “जसलाई चाँडै व्यवस्थापिका–संसद्ले सम्बोधन गर्ने भनी तीन दलले प्रतिबद्घता जनाइसकेका छन् ।”

कार्यक्रममा सहभागीले तराई मधेसको समस्या चाँडै सम्बोधन गर्न नेतृत्वसँग माग गरेका थिए । कार्यक्रममा संविधानबारे मधेसमा फिँजाइएको भ्रम चिर्न तत्काल तीन दलले पहलकदमी दिनुपर्ने औँल्याइएको थियो । रासस